क्रेनको ठक्करले साइकलमा आउदै गरेको बिद्यार्थीको मृत्य

सर्लाहीको बागमती नगरपालिका–७ स्थित निमीचोकमा क्रेनले ठक्कर दिँदा १७ वर्षीया सुमित्रा परियारको घटनास्थलमा मृत्यु भएको छ । साइकलमा सवार छात्राको मृत्युपछि दुईवटा स्कुलका विद्यार्थी र स्थानीयले आन्दोलन गरिरहेका छन् । https://www.youtube.com/watch?v=S8lUc7GM3rA स्थानीयले घटनास्थलबाट शव उठाउन नदिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । प्रजिअ गौतमले भने–‘वार्ताको प्रयास भइरहेको छ, राजनीतिक दलहरूसँग समन्वय गर्दैछु ।’…