स्याङ्जामा ३ जना प्रहरीमा कोरोना संक्रमण !

स्याङ्जाको जिल्ला प्रहरी कार्यालयमा तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रवेश निषेध गरिएको छ । बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो ।केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरिएको छ । https://www.youtube.com/watch?v=FSaXAbp4Xqk&t=103s…