फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख डोज खोप नेपाल आइपुग्यो

कोभ्याक्समार्फत् प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री खतिवडाले आवश्यकताको यो घडीमा फ्रान्स र इटालीले…