कोरोना संक्रमणका कारण प्रदेश १ मा थप दुई जनाको मृत्यु भएको छ । बुधबार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १–१ जनाको पुरुषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय पुरुषको बुधबार बिहान ४ बजे मृत्यु भएको हो ।…