महानगरीय प्रहरी वृत्त थानकोटमा कार्यरत ६ जना प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। बिदा लिएर घर गएका उनीहरु बिदा सकिएपछि हाजिर हुन आएका थिए। वृत्त थानकोटका अनुसार बिदा सकिएर वैशाख १२ गतेदेखि यता विभिन्न मितिमा हाजिर हुन आएकाहरुलाई चन्द्रागिरी नगरपालिका- ४ स्थित छुट्टै भवनमा राखिएको छ। उनीहरु बारा, सप्तरी, रौतहट र कन्चनपुरबाट हाजिर हुन आएकाहरु हुन्।…