राखेपले दियो एन्फालाई सुझाव

राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फालाई सुझाव दिएको छ । भारतमा हुने साफ यु–२० फुटबल खेल्न जाने नेपाली टोलीको विदाइ गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यसमिति बनेको एक महिना पुग्दा नपुग्दै सुरु भएको विवाद जतिसक्दो छिटो सल्ट्याउन सुझाव दिएका हुन् । ‘पछिल्लो बैठकमा भएका कमजोरीलाई छिट्टै सल्ट्याउँदै जानुहोस्…