Logo

समाज

घुससहित पक्राउ परे सिम्रौनगढका हाकिम

काठमाडौं– बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो । बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा कलैया

भोलिबाट कार्तिक ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा हुँदै छ मातापितापूजन एवं दामोदर महोत्सव

कार्तिक ९ गते (भोलि) देखि ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन दामोदर महोत्सवको आयोजना हुने भएको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको हो । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा

बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत रकम उपलब्ध

काठमाडौं– गृह मन्त्रालयले अति भारी वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको दोस्रो साता आएको विपद्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता स्वरुप वितरण कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म यहाँका प्रभावित २३ जिल्लाका मृतकका

ठुलो आवाज निकालेर कुद्ने मोटरसाइकलको भिडियो बनाएर पठाए पाँच हजार पाइने

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा पुरस्कार दिने भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न नगरपालिकाले ठुलो आवाजमा कुद्ने मोटरसाइकल चालकको भिडियो खिचेर पठाउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत

श्रीमतीले शारिरिक सम्पर्क राख्न नमान्दा बालिका छोरीमाथी नै पटक पटक बलात्कार

चितवन– चितवनमा एक १४ वर्षकी किशोरी बाबु देख्ने बित्तिकै डराउने गर्थिन् । बुबाको छेउमा नपर्ने र घरभित्र बुबा भए बाहिर निस्कने गर्थिन् । छोरीको यस्तो व्यवहार देखेपछि आमाले छोरीलाई के भयो भनेर सोधपुछ गरिन् । तर बुबाले कसैलाई भने मारिदिन्छु भनेका थिए । त्यसकारण उनले आफूमाथी भएको अमानवीय व्यवहारको बारेमा

रवि सहि हुँदाहुँदै सरकारले हेपे बालेन एक्लै भएपनि लड्ने काठमाडौंका भौतिक पुर्वाधार सल्लाहकार लम्सालको दाबी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरीको कार्यालयमा हिरासतमा छन् । रविको पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । यस्तै उनीहरुले आफ्नो प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को साथ समेत खोजिरहेका छन् । यसैबिचमा काठमाडौं महानगरका भौतिक पुर्वाधार

सरसफाईको काम भन्दै बालिकाहरुलाई यौन व्यवसायमा लगाएको आरोपमा महिला पक्राउ

काठमाडौं– काठमाडौंको मुलपानीबाट बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मुलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामेलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा उनलाई पक्राउ गरेको

आफ्नी श्रीमतीलाई बाइकमा चढाउने युवकको श्रीमानले गरे हत्या

रुपन्देही– पश्चिमनवलपरासीमा श्रीमतीलाई बाइकमा चढाउने युवकको हत्या गरेको आरोपमा श्रीमानसहित तीन जना पक्राउ परेका छन् । पाल्हिनन्दन गाउँपालिका ५ घर भएका २० वर्षीय रोशन भनिने सूर्यकुमार बढईको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका ६ का ३० वर्षीय जोगिन्दर बढई, सोही ठाउँमा २०

दशैंमा काठमाडौं उपत्यकामा ११ वटा चोरीको घटना

काठमाडौं– दशैंको अवधिभरमा काठमाडौंमा ११ वटा चोरीका घटना भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर ११ वटा चोरीको घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । असोज १७ गतेदेखि २८ सम्ममा काठमाडौंमा ९ वटा, भक्तपुरमा २ वटा र ललितपुरमा भने शून्य चोरीको घटना भएको हो । उक्त

गौशालामा रहेको पशुपतिको जग्गा तत्काल खाली नगर्न पर्यटक मन्त्रालयको पत्राचार

काठमाडौं– पशुपति क्षेत्र विकास कोषको गौशालामा रहेको जग्गा खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएको छ । २३ असोजमा गृहमन्त्रालयलाई शान्ति सुरक्षा व्यवस्था मिलाइदिन माग गर्दै मन्त्रालयलाई पत्राचार गरेको थियो । पशुपति क्षेत्र विकास परिषद्को असोज २० गते बसेको बैठकको