१५ दिनमा हलेसी मन्दिरको भेटी करिब ४ लाख

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको साझा आस्थाको केन्द्र हलेसी मन्दिरबाट १५ दिनको अवधिमा करिब ४ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ । जेठ ९ गतेदेखि २३ गतेसम्मको अवधिमा मन्दिर दर्शन तथा अवलोकनका लागि आएका दर्शनार्थी तथा पर्यटकबाट ३ लाख ८५ हजार ७ सय २० रुपैयाँ भेटी संकलन भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।…