सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । आज (मंगलबार) न्यायाधीश विनोद शर्माको इजलासले यस्तो आदेश गरेको हो । बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोशीलाई जिल्ला अदालतले रूपन्देहीले पुर्पक्षका लागि थुनामा पठाएको थियो । जोशी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत गएका थिए ।…