Logo

नरेन्द्र मोदी मुक्तिनाथ पुगेर फर्केपछि यस्तो भयो चमत्कार ! स्थानीयवासी सबै चकित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको समयमा मुक्तिनाथ ‘दर्शन’ गर्न गएका थिए । उनी त्यहाँवाट फर्के पछि अहिले मुक्तिनाथमा भारतीय पर्यटकको ओइरो लागकेो छ । पर्यटन ब्यवासायी भन्छन् मुक्तिनाथमा चमत्कारीक रुपमा पर्यटकको ओइरो लागकेो छ । 

मुक्तिनाथ मन्दिरका मुख्य पुजारी मेशवप्रसाद सुवेदीले मुक्तिनाथले थेगी नसक्ने गरी भारतीय पर्यटकको ओइरो लागकेो बताएका छन् । पहिला भन्दा दुई सय प्रतिशत भारतीय पर्यटक मुक्तिनाथ पुगेका छन् । अहिलेको संरचनाले मुक्तिनाथमा पर्यटक थेग्न नसक्ने त्यहांका पर्यटन ब्यवसायीले जनाएका छन् । ‘मोदीजीको भ्रमणपछि यहाँ चैते दशैँजस्तो भएको छ’, मुख्य पुजारी सुवेदीले भने ।

नरेन्द्र मोदी मुक्तिनाथवाट फर्किए लगत्तै भारतीय पर्यटकको उपस्थिति बाक्लिएको स्थानिय बासीन्दाले बताएका छन् । मोदीको मुक्तिनाथ भ्रमणले विश्वभर मुक्तिनाथको प्रचार भएको हुंदा पर्यटक बढेका हुन् । विभिन्न मिडियाहरुले गरेको प्रत्यक्ष प्रशारण त्यहांको धार्मिक महत्वका बारेमा पारेको प्रकाशले पर्यटकको संख्या थमिएको हो ।

मोदीजीको भ्रमणको प्रत्यक्ष प्रशारणले अहिले विश्वकै ध्यान मुक्तिनाथतर्फ सोझिएको छ । पोखराका होटल ब्यवसायीहरुका अनुसार अहिले पोखराबाट दैनिक १५ सयको हाराहारीमा भारतीय पर्यटकहरु मुक्तिनाथ जाने गरेका छन्। पोखराबाट अन्यत्र जाने पर्यटक पनि मुक्तिनाथ तिर लाग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्