जीवाश्म इन्धनको मुद्दामा सहमति जुटेन, जलवायु वार्ता निष्कर्षविहीन


काठमाडौँ । कोइला, तेल र ग्यासजस्ता जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) साझा निष्कर्षविहीन बनेको छ ।

सम्मेलनको अन्तिम दस्तावेजमा जीवाश्म इन्धनसम्बन्धी स्पष्ट प्रतिबद्धता समेट्ने विषयमा सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको थियो । टर्कीले प्रस्तुत गरेको मस्यौदामा उक्त विषय उल्लेख नभएपछि युरोपेली सङ्घसहित पानामा, मार्सल टापु र बेलायतले असन्तुष्टि जनाएका थिए ।

उनीहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न जीवाश्म इन्धनको प्रयोग घटाउने स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताएका थिए । तर, पलाउले स्वच्छ ऊर्जा, समुद्री संरक्षण र जलवायु वित्तजस्ता सकारात्मक विषय समेटिएको भन्दै प्रस्तावलाई समर्थन गरेको थियो ।

सम्मेलनका अध्यक्ष क्रिस बोवेनले केही देशको कडा अडानका कारण साझा दस्तावेजमा सहमति जुट्न नसकेकोप्रति निराशा व्यक्त गरे । यद्यपि, साझा निष्कर्ष पारित नभए पनि अन्य कार्ययोजना स्वीकृत भएकाले सम्मेलनलाई पूर्ण असफलता भन्न नमिल्ने सहभागीहरूको भनाइ छ ।