Logo

‘तरकारीवाली’ कुसुम श्रेष्ठको ग्ल्यामर, रातो लेहेंगामा खुलिन् (तस्बिर)

गोरखाकी तरकारीवाली नामले चिनिएकी कुसुम श्रेष्ठले रातो लेहेंगामा फोटो सुट गरेकी छन् । कायरा बुटिककी रोजिना श्रेष्ठले कुसुमलाई रातो लेहेंगामा फोटो सुट गरेकी हुन् ।

कमलपोखरीस्थित आँगन स्विट्सअघि खिचिएको तस्बिरमा कुसुम निकै राम्री देखिएकी छन् । उनी चल्तीका नेपाली सुुन्दरी नायिकाभन्दा कम देखिएकी छैनन् ।

तरकारी बोकेर बजार जाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुसुम श्रेष्ठ ‘तरकारीवाली’को नामले परिचित भएकी हुन् ।

फिल्म लम्फूको नायिकासमेत रहेकी उनी गोरखा छाडेर काठमाडौं आएर पढ्न थालिन् । केही समयअघि मात्र देशभर रिलिज भएको ‘लम्फू’ले सोचेजति व्यापार गरेन ।

प्रतिक्रिया दिनुहोस्