Logo

अनमोल बलिउड फिल्ममा अनुबन्ध

काठमाडौँ । युवास्टार नायक अनमोल केसी बलिउड फिल्ममा पनि  खेल्ने भएका छन्।  होम प्रोडक्सनको फिल्म ‘क्याप्टेन’ काे  छायाँकनमा व्यस्त अनमोलले  हालसालै दुई नेपाली फिल्म खेल्ने सम्झौता गरिसकेका छन् ।

फिल्म ‘क्याप्टेन’ सकेपछि  झरना थापाको ‘ए मेरो हजुर ३’ र मिलन चाम्सको ‘ब्याचलर बन्टी’ मा व्यस्त हुनेछन् । सुप्रसिद्द म्युजिक कम्पनि ‘वल्र्डवाइड रेकर्ड्स’ लिमिटेड कम्पनिले  हिन्दी फिल्म निर्माण गर्दैछ । जसमा अनमोलले खेल्ने भएका हुन् । भारतीय दैनिक पत्रिका हमरा महानगरले अनमोलको बलिउड डेब्यु बारे छापेको समाचारको स्क्रिन सट अनमोलले आफ्नो फेसबुकमा सेयर गरेर बलिउड फिल्म खेल्ने पुष्टि गरेका छन् ।

अनमोल केसीले डेब्यु गर्ने हिन्दी फिल्मलाई नेपाल, भारतसँगै विश्वका ७४ वटा देशमा रिलिज गरिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्