Logo

गायिका इन्दिरा जोशीले गरिन् प्रेमीसँग सुटुक्क बिहे

गायिका इन्दिरा जोशी बिल्कुलै नयाँ युगल गीत ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । आज बुधबार साँझ हाइलाइट्स रेकर्ड्सको युट्युब च्यानलबाट प्रिमियर गरिएको उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसँग युगल गायन गरेकी छिन् । उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत सुन्न सकिन्छ । रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।

नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायक पाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरूले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देशन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिक भिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरूलाई श्याम लामा तथा सुमन लामाले सिँगार्ने काम गरेका छन् ।

यस्तो छ इन्दिरा र आर्जनको रेलिमाईको भिडियो :

 

प्रतिक्रिया दिनुहोस्