Logo

रणबीर सिंह लाग्यो ठूलो झड्का, पूर्व प्रेमिका कारण दीपिकाले विहे गर्न चाहिनन्

लिउडमा २०१८ विवाह वर्षका रुपमा परिचित हुने भएको छ। सेनम कपुर, नेहा धुपिया, हिमेश रेशमियापछि अब दीपिका पादुकोण र रणवीर सिंहबीच विवाह हुने चर्चा छ। दीपिका र रणवीरबीच १८–२० नोभेम्बरमा विवाह हुने चर्चा छ।

तर, यो प्यारमा नयाँ भिलेनको जन्म भएको चर्चा सुरु भएको छ। यी भिलेन अरु कोही नभएर दीपिकाका पूर्व ब्याइफ्रेण्ड रणबीर कपुर हुन्। डेक्कन क्रोनिकलले दीपिकाका साथीलाई उद्धृत गर्दै जनाए अनुसार दीपिका रणबीर कपुरका कारण रणबीर सिंहसँग विवाह गर्न सकेकी छैनन्।

यदि तपाइँ दीपिका र रणवीर सिंहकाबीच रणबीर कपुर के गर्दैछन् भन्ने सोच्नु भएको छ भने तपाइँको जानकारीकालागि हामी आज नयाँ खुलासा गर्दैछौं। रणबीर कपुरसँगको ब्रेकअपपछि  दीपिका पछिल्लो समय कसैसँग पनि सम्झौता गर्न डराउन थालेकी छन्। रणबीर कपुरसँगको ब्रेकअपपछि दीपिका नराम्रोसँग विक्षिप्त भएकी थिइन्। र, अब उनी आफ्नो विवाहलाई लिएर निकै सोचविचार गरिरहेकी छन्।

भारतीय संचारमाध्यमका अनुसार कुनै सयममा दीपिका आफ्नो करियर छोडेर मिसेज कपुर बन्न तयार थिइन्। तर यो सम्बन्ध अगाडि बढ्न सकेन। ब्रेकअपपछि रणबीर लयमा फर्किएपनि दीपिकालाई भने ठूलो झड्का लाग्यो। अहिले दीपिका यही डरका कारा कसैसँग पनि सम्झौता गर्न डराउँछिन्।

यद्यपी यो कुरामा कत्तिको सत्यता छ, त्यो त थाहा छैन तर फ्यान्सलाई दीपिका र रणबीर सिंहको विवाहलाई लिएर निकै उत्साह छ। दीपिका र रणवीर सिंहको विवाहको खबर निकै पहिलादेखि नै आउन थालेको हो। दुवै कयौं पटक एकैसाथ पार्टी तथा होलीडे मनाएका देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्