Logo

सलमान खानले भने, ‘सञ्जु’मा सञ्जय दत्त आफैले आफ्नो रोल प्ले गर्नुपथ्र्यो’

अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ जुन २९ तारिखबाट दर्शकमाझ रिलिजमा आउँदैछ । यो फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भुमिकामा अभिनय गरेका छन् । यो फिल्ममा रणवीरले सञ्जय दत्तको २० वर्षको उमेर देखि ५८ वर्षको उमेरसम्मको लुक्स बनाएका छन् । यसै लुक्सका कारण अहिले रणवीरको निकै चर्चा भईरहेको छ, तर यो विषयमा अर्का अभिनेता सलमान खानले भने आफ्नो फरक धारणा राखेका छन् ।

अभिनेता खानल भनेका छन्, ‘सञ्जय दत्तको बायोपिक फिल्ममा उनी आफैले आफ्नो भुमिका निभाएको भए धेरै राम्रो हुने थियो । अभिनेता खान एक कार्यक्रममा आफ्नो आगामी फिल्म ‘रेस ३’को प्रोमोशनमा पुगेका थिए । सोही अवसरमा अभिनेता खानले सञ्जय दत्तको बायोपिकमा सञ्जय आफैले काम गरेको भए निकै राम्रो हुने बताएका हुन् । उनले भने, ‘सञ्जुले आफ्नो रोल आफैले प्ले गर्नु पर्ने थियो ।’

अभिनेता खानले यो फिल्मको ट्रेलर आफुले हेरेको बताउँदै राजकुमार हिरानी एक उत्कृष्ट फिल्मकर्मी रहेको बताए । यो फिल्ममा रणवीर कपुर, मनिषा कोइराला, अनुष्का शर्मा, परेश रावल, सोनम कपुर लगाएतको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्