Logo

आश्मा विश्वकर्माले बिश्वमै मच्चाईन धमाका, ‘डामे टो कोसितो’मा उच्च रेकर्ड

युट्युबमा बेजोड डान्सकै कारण लोकप्रिय बनेका नेपाली डान्स ग्रुप ‘कार्टुन्ज क्रु’मा एक मात्र महिला मेम्बर हुन् आश्मा विश्वकर्मा । लामो समय देखि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिँदै आएकी आश्मालाई ग्रुपमा सबैले माया गर्छन् ।

सरोज अधिकारी लगायतका सबै साथीहरूले उनलाई कार्टुन्ज क्रुकी रानी भएको बताउँछन् । आश्माले आफ्नो डान्स मार्फत सबै नेपालीको मनमा बस्न सफल भएकी छिन्। उनको नृत्य त सुन्दर छ नै साथै उनी राम्री पनि उत्तिकै छिन्। आश्मा नेपालकी पहिलो बी र्गल हुन्। उनी अहिले निकै लोकप्रिय भएकी छिन्।

केही समय अघिमात्र उनले अहिलेको चर्चित गीत डामे टो कोसितो को कभर डान्स च्यालेन्जका लागि भिडियो बनाएकी थिइन् र यो भिडियो देशभर भाइरल भइरहेकोछ। हुन त यस गीतमा संसारका विभिन्न राष्ट्र र ठाउँहरूबाट बूढा बूढी देखि लिएर बच्चाहरूले समेत कभर डान्स गरेका छन् जसमध्ये आश्माको कभर डान्सलाई धेरैले मनपराएका छन्।

आश्माको कभर भिडियो करोडौँले हेरेका छन् भने विश्वभरिबाट राम्रो राम्रो तारिफ आएको छ। भिडियो द कार्टुन्ज क्रुको अफिसियल युट्युब च्यानल मार्फत अप्रिलको ०८ मा सार्वजनिक गरिएको थियो तर यस कभर भिडियोलाई थुप्रै अरु युट्युब च्यानलहरूले पनि हालेका छन् भने ती भिडियोमा थुप्रै राम्राराम्रा कमेन्टहरु पनि आएरहेका छन्। कतिले एलियन्स भन्दा मानिस जे मा पनि राम्रै हुन्छ भनेका छन् त, कतिले आश्माको डान्स हेरेर नेपाल मनपर्न थालेको समेत भनेका छन्। हेर्नुहोस् आश्माको भाइरल कभर भिडियो ।

प्रतिक्रिया दिनुहोस्