काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह आज साँझ स्वदेश फर्कंदै छन्।
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा उपलब्धिबारे परराष्ट्रमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रेस ब्रिफिङ गर्ने भएका छन्।
आज सोमबार साँझ ६ः३५ बजे विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा प्रेस ब्रिफिङ आयोजना गरिएको हो।
प्रेस ब्रिफिङमा भारत भ्रमणका क्रममा भएका भेटवार्ता, द्विपक्षीय सहमति, सम्झौता तथा भ्रमणका उपलब्धिबारे जानकारी गराइने जनाइएको छ।

















प्रतिक्रिया