Logo

बर्षौंपछि भेट्दा मितिनीले यसरी साटे माया, रेखाको छोटा लुगामा बिपनाको हात…(हेर्नुहोस् भिडियो)

अभिनेत्री रेखा थापा अहिले पनि फिल्ममा नै काम गरिरहेकी छिन् । अभिनेत्री विपना थापा भने बिहे गरेर भारतमा छिन् । रेखा र विपनाले फिल्म मितिनीमा एकसाथ काम गरेका थिए । यो फिल्मको नरिसाउन मितिनी ज्यू बोलको गीत अहिले पनि चर्चित नै छ । रेखा र विपनाको १० बर्षपछि भेट भएको छ ।

कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा रेखा र विपनाको भेट भएको हो । फिल्म मालिकाको छायांकनमा रहँदा विपना नेपाल आएको थाहा पाएपछि भेट्न मन लागेको रेखाले बताइन् । विपनाले पनि रेखासँग भेट्दा खुशी लागेको बताइन् । विपनालाई रेखाले आफ्नो अभिभावक पनि भनेकी छिन् । उनले, विपना थापाले आफूलाई धेरै कुरा सिकाएको पनि बताइन् ।

विपनाले आफ्ना लागि भित्री बस्त्र किनिदिने गरेको पनि रेखाले खुलाइन् । विपना अहिले नेपालमा छिन् । रेखा र विपनासँगै अभिनेत्री करिश्मा मानन्धर पनि थिइन् । यी ३ अभिनेत्रीको मित्रता लोभलाग्दो थियो ।

प्रतिक्रिया दिनुहोस्