Logo

प्रशान्त ताम्राकार, अर्पण थापाको चलचित्र “कस्मिक लब”को ‘माया तिमीलाई’बोलको गीत रेकर्डिङ हुँदै

चलचित्र “कस्मिक लब”को माया तिमीलाई बोलको गीत रेकर्डिंग भएको छ । उक्त गीतमा बाबुल गिरि र मिलन अमात्यको स्वर रहेको छ भने,संगीत बाबुल गिरिकै रहेको छ। भने शब्द दिनेश सुबेदीको रहेको छ।

चलचित्रमा अभिनेताद्वय प्रशान्त ताम्राकार, अर्पण थापा र अभिनेत्री दिया मास्के पहिलो पटक एकसाथ देखिने भएका छन् । जय गौतमले निर्माण गर्ने उक्त चलचित्र ‘कस्मिक लभ’मा यी तिन कलाकारहरु फाईनल भएका छन् । मुभी मेकर्सको ब्यानरमा निर्माण तथा सुरज प्रधानको प्रस्तुति रहने चलचित्रका अन्य कलाकारहरु भने फाईनल हुन बाँकी रहेको जानकारी बाहिरीएको छ। शंखर अधिकारीले निर्देशन गर्ने चलचित्रमा डी . एन. दाहाल कार्यकारी निर्माताको रुपमा रहनेछन ।

यहि असारको ११ गतेबाट छायांकन सुरु हुन लागेको चलचित्रलाई सुरेश बज्राचार्यले छायांकन गर्दैछन् भने कोरियोग्राफीमा कविराज गहतराज र रामजी लामिछाने रहनेछन। शेखर ज्ञावालीको कथा रहेको चलचित्रमा बाबु साहेबको द्वन्द्व रहने छ।

प्रतिक्रिया दिनुहोस्