Logo

स्विमिङ्गमा रमाउदै नायिका श्वेता खड्का

गर्मि अहिले काठमाडौंमा पनि बढेको छ । बर्षा संगै तापक्रम पनि बढ्दैछ । बढ्दो गर्मीलाई छल्न मानिसहरु बिभिन्न बहाना रोज्ने गर्छन् । गर्मी छल्ने सबै भन्दा उत्तम उपाय सायद स्विमिङ्ग नै होला । पछिल्लो समय उपत्यकाका अधिकांश स्विमिंङ्ग पुलहरुमा स्विमिङ्ग गर्न जानेहरुको संख्या बढ्दैछ।

यसै बिच गर्मीलाई छल्न नायिका श्वेता खड्काले पनि स्विमिङ्ग रोजेकी छिन् । उनी शुक्रबार स्विमिङ्ग गर्न होटल शाम्बालामा रहेको स्विमिङ्ग पुल पुगेकी थिइन । उनले स्विमिङ्गको मजा लिँदै गरेका केही तस्बिर आफ्नो सामाजिक संजाल फेसबुकमा शेयर गरेकी छिन् । श्वेता पछिल्लो समय काभ्रे जिल्लामा माझी वस्ती निर्माणमा सकृय छिन् । उनको अभिनय रहेको फिल्म कान्छी केहि महिना अगाडी प्रदर्शनमा आएको थियो । त्यस पछि उनलाई चलचित्रको अफर आउदा पनि नखेल्ने जानकारी दिएकी छिन् । नायिका श्वेता खड्काको स्विमिङ्ग फोटो हेर्नुहोस्:…

प्रतिक्रिया दिनुहोस्