Logo

अब फिल्म पनि देखिने तेरिया मगर, कसले गर्नेछ उनीसँग स्क्रिन रोमान्स ?

काठमाडौं – भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छन् । पटुकी फिल्मका निर्माता म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्ममा उनी देखा पर्न लागेकी हुन् ।

तेरियासँग स्क्रिन रोमान्स भने निर्माता म्याकका छोरा बिर्जन मिजारले गर्ने छन् । उक्त जोडीलाई प्रस्तुत गरिन लागेको फिल्मका नाम भने हालसम्म तय भएको छैन ।

पटुकीले व्यवसायिक सफलता हात नपारेपछि म्याकले अर्को प्रयास गर्न लागेका हुन् । छोरा नायकको रुपमा देखिने फिल्ममा म्याक टेन आफु भने भिलेन बन्ने बताइएको छ । सो फिल्ममा म्याक टेन, बिर्जन र टेरियाको साथमा रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्