Logo

निखिल उप्रेती स्वामी आनद अरुणलाई जन्मदिनको शुभकामना दिन तपोवनमा

एक्सन किङ’ निखिल उप्रेतीको नेपाली चलचित्र क्षेत्रमा आफ्नै क्रेज छ । पछिल्लो समय उनि सामाजिक काम बेस्त छन् । उनले गरेका सामाजिक कामहरु मिडिया ल्याउन  त्यति चाहदैन् । निखिल भन्छन् सामाजिक काम भित्रि ह्र्दय बाट गर्ने हो त्यहि भएर सबैलाई भन्नुपर्छ भने छैन् । यहाँ सानो काम गर्ने र ठुलो मिडिया बाजी गर्ने हरु को जमात ठुलो छ । कोहि यस्ता पनि छन् आफुले गरेको काम बाहिर ल्याउन चाहदैनन् ।

निखिल उप्रेती भन्न साथ एक्सन किङ भन्ने शब्द अगाडी जोडिन्छ ,उनको एक्सनको फ्यान नहुने त कमै होलान् । शनिबार निखिल नागार्जुन स्थित ओशो तपोवनमा पुगेका छन् । ओशो तपोवनका स्वामी आनन्द अरुण ७५ औं बर्षमा प्रवेश गरेका छन् ।  स्वामी अरुण आनन्दलाई जन्मदिनको शुभकामना दिनु निखिल नागार्जुन स्थित ओशो तपोवनमा पुगेका हुन् । स्वामी अरुण आनन्दलाई शुभकामना दिनु देश विदेशबाट ओशोका अनुयायीहरुको बाक्लो उपस्थिति रहेको थियो । चलचित्रको साथ साथै अध्यात्मिक क्षेत्रमा पनि निकै सक्रिय एवं लगाव रहेको छ ।

निखिल उप्रेतीको अध्यात्मिक चिन्तन उनले केहि समय अगाडी दिएका अन्तर्वार्ताहरु बाट पनि झल्किन्छ । केहि समय अगाडी फिल्म क्षेत्रमा बिश्राम लिएका भनिएका उनि फिल्मको साथ साथै अध्यात्मिक खोज एवं जिबन दर्शनका निम्ति सक्रिय रहेको बुझिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्