Logo

सगुनको भिडियो सार्वजनिक….(हेर्नुहोस् भिडियो)

गायक आँशु लामाको स्वर, शब्द र संगीत रहेको आधुनिक गीत तिम्लाई देखेरको म्युजिक भिडियो सार्वजनिक भएको छ। बर्तमान समयमा युवा पुस्तामा घट्ने प्रेम अनी बिछोडको कथालाई मार्मिक ढंगले देखाइएको उक्त म्युजिक भिडिओमा रमेश रम्तेल, सगुन शाही ठकुरी र चन्द्र पुलामीले अभिनय गरेका छन्। आफ्नी प्रेमिकासँग बिछोड भइसकेको प्रेमिले प्रेमिकाको फोटो देखेपछी गर्ने कल्पनाकै बिच कसरी आँफैलाई सम्हालेर जीवनलाई नयाँ रुपमा अगाडि बढाउने निर्णय गर्छ भन्ने कुरालाई निर्देशक, छाँयाकार तथा सम्पादक बिष्णुहरी तिमल्सिनाले भिडिओमा उतारेका छन् । गोपाल थापाको कोरीयोग्राफी रहेको म्युजिक भिडियोलाई विरेन लामाले निर्माण गरेका हुन्। उक्त भिडियो निर्भाना कला केन्द्रको आधिकारीक युटुब च्यानल निर्भाना टिभी नेपालबाट सार्वजनिक गरिएको हो। हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्