Logo

आनाको सेल्फीले बढायो गर्मी, सोनम छिरिङ शेर्पासंगको प्रेमले आना भयो गर्मी

‘जेरी’  फिल्ममार्फत अनमोल केसीको नायिका हुँदै नेपाली फिल्मी क्षेत्रमा प्रबेश गरेकी नायिका आना शर्मा यतिबेला पर्दाबाट गायबै भएकीछिन् । आफनो दोस्रो फिल्म ग्याङस्टर ब्लुज असफल भएपछि उनी कुनै फिल्ममा अनुबन्धित भएकी छैनन् । ग्याङस्टर ब्लुज द कर्मा नामक अंग्रेजी फिल्ममा काम गरेकी आनाको यो फिल्म उनका फ्यानहरुलाई खासै रास नआउँलान् ।

सोनम छिरिङ शेर्पासंगको प्रेममा रमाईरहेकी आनाको यतिबेलाको दिनचर्या पार्टी र साथीभाईसंगको भेटघाटमा नै बितिरहेको छ । सोही कारणले पनि आनामाथि लगानी निर्माताहरु तयार नभएको हो की उनको नै फिल्मप्रतिको मोह मरेको हो भन्ने चर्चा बेला बेला हुँदै आएको छ ।  सामाजिक सञ्जालमा आवद्ध भएपनि त्यती सक्रिय नरहेकी आना जति बेला सामाजिक सञ्जालमा आफना तस्बिरहरु सेयर गर्छिन तब ती तस्बिरहरुले खुबै चर्चा कमाउँने गर्छ ।

 

हालै आनाले गर्मी छल्न स्विमीङ पुलमा गएको बेला क्लिक गरेको सेल्फीले उनलाई मिडियामा क्लिक हुने माध्यम बन्न गएको छ । स्विमीङ पुलमा उनलाई सितल भएपनि उनको सेल्फीले भने अरुलाई गर्मी नै बढाईदिएको छ । अहिलेसम्म दुई फिल्ममा काम गरेकी आनाको हट र बोल्ड अन्दाज देख्ने मौका उनका फ्यानहरुले पाएका छैनन तर फेसबुक र इन्स्टाग्राममा उनका यस्ता तस्बिरहरु मजाले देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्