Logo

ट्याटुवाली नेपाली हिरोइन, हेर्नुहोस् कसको ट्याटु कहाँ ?

काठमाडौं – शरीरमा ट्याटु खोपाउनु फेसन नै बनिसकेको छ । पछिल्लो समयमा नेपाली नायिकाहरुका शरीरमा पनि ट्याटुले स्थान पाएको छ । यिकाहरुको ट्याटुमा सबैभन्दा पहिले नायिका करिश्मा मानन्धरको ट्याटुले चर्चा पाएको थियो । ट्याटु देखिने पहिरनमा नायिकाहरु सार्वजनिक हुँदा त्यसप्रति धेरैको आँखा जाने गरेको छ । नेपालका लागि नौलो रहेको ट्याटुको क्रेज क्रमसः बढ्ने क्रममा छ । योसँगै विभिन्न आकृतिका ट्याटु खोप्नेहरुले यो पेसालाई व्यावसायिक रुपनै दिन थालिसकेका छन् ।

सेलिब्रेटीहरुको ट्याटुप्रति आकर्षित भएर ट्याटु बनाउनेहरु पनि बढ्दै गएका छन् । बलिउड र हलिउडका सेलिब्रेटीको शरीरमा देखिने ट्याटु अहिले नेपाली सेलिब्रेटीको ज्यानमा पनि देखिन्छ । हेरौं नेपाली नायिकाहरुको कसको ट्याटु कहाँ छ ।

करिश्मा मानन्धर
सदाबहार नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा अझै सेलाएको छैन । त्यसमाथि उनको छातिमा रहेको ट्याटुको चर्चा पनि बेलाबखत हुने गर्छ । उनलाई मन पराउने आँखाहरुको कमी छैन । उनको ट्याटुले अझै धेरैलाई आकर्षित गरिरहेको पाइन्छ । उनले देब्रे स्तनमाथि कमलको फूलको ट्याटु बनाएकी छिन् ।

श्वेता खड्का
अभिनेत्री श्वेता खड्काको हातमा पनि एक ट्याटु छ जसमा दुई बिशेष मिति लेखिएको छ । उनको यो ट्याटुसँग उनको जीवनको भावनात्मक गहिराई गाँसिएको छ । उनको ट्याटुमा पहिलो मिति असार २३ गतेको छ । उक्त मितिमा श्री कृष्ण र श्वेताको विवाह भएको थियो । त्यस्तै दोस्रो मितिमा पुष १२ लेखिएको छ । यो मितिमा श्री र उनको पहिलो भेट भएको थियो ।

प्रीयंका कार्की
छोटो समयमा गतिलो प्रगति गर्ने नायिकामा पर्छिन प्रीयंका कार्की । उनले आफ्नो अभिनय यात्रालाई शिखरमा पुर्याईसकेकी छिन् । अहिले उनी नेपाली चलचित्र बजारमा छाएकी छिन् । यसै पनि सुन्दर प्रीयंकाको पिठ्युँ र दाहिने खुट्टाको गोलीगाँठा नजिक गरी दुईवटा ट्याटु छन् । जुन ट्याटु उनको आकर्षणको बिन्दु बनेका छन् ।

पूजा शर्मा
प्रेमगीत अभिनेत्री पूजा शर्माको पनि हातमा ट्याटु छ । उनको ट्याटुमा एस लेखिएका कारण धेरैले प्रेमी सुदर्शनको नाम त हैन भन्ने अड्कल काटेका थिए । तर उनको ट्याटु प्रेमीप्रति समर्पित नभएको पूजाले एक अन्तर्वार्तामा खुलाएकी थिइन् । उनले आफ्नो हातमा भएको ट्याटुबारे बोल्दै आफूले एसएलसी दिएर बसेको समयमा यत्तिकै रहरले उक्त ट्याटु खोपाएको बताएकी छिन् ।

नम्रता सापकोटा
छक्का पञ्जा, ब्रासलेटलगायतका सिनेमामा काम गरेकी अभिनेत्री नम्रता सापकोटाले पनि एउटा प्वाँख शरीरमा खोपाउन भ्याएकी छिन् । उनको शरीरको पछाडि पट्टी रहेको उक्त ट्याटु केही समय अघि उनी गोवा गएर खिचाएका केही तस्बिरहरुमा देखिएपछि निकै चर्चा बटुलेको थियो ।

अशिष्मा नकर्मी
नायिका आशिष्मा नकर्मीको ट्याटुले पनि चर्चा पाएको छ । उनको शरीरको पछाडिको भागमा भएको ट्याटुले उनलाई सुन्दरी देखिन मद्दत गरेको छ । आशिष्माले अन्तराल, अर्धकट्टी लगायतका चलचित्र र दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

पूजना प्रधान
नायिका पूजना प्रधानको शरीरमा शिव पार्वतीको ट्याटु छ । उनले यो ट्याटु किन खोपाएकी हुन् त्यसको आधिकारिक जानकारी भने हामीसँग छैन । तर उनले खोपाएको यस ट्याटुमा शिव पार्वतीको प्रेम देखिन्छ । पूजना पनि अन्य अभिनेत्री जस्तै ट्याटुले धेरैको ध्यान तान्न सफल भएकी छिन् ।

शुभेच्छा थापा
नायिका शुभेच्छा थापाले अभिनयका साथै केही नेपाली चलचित्र समेत निर्माण गरेकी छिन् । हट फोटो सुट गर्न नहिच्किचाउने उनको छातिमा नेपालको झण्डाको ट्याटु देखिन्छ । केही समय अघि उनले गरेको फोटो शुटका क्रममा उनको छातिमा नेपालको झण्डा देखिएको थियो । उनले दुई वटा झण्डा भएको ट्याटु खोपेकी छिन् ।

जिया केसी
चर्चा र विवादमा पर्न पछि नपर्ने अर्की नायिका हुन् जिया केसी । उनको चर्चा चलचित्र एटिएमले चुलाईदिएको हो । त्यो सँगै नायक भुवन केसीसँगको निकटताका कारण पनि उनी चर्चामा आइन् । बोल्ड सिन दिन पछि नपर्ने नायिका जिया केसीको देब्रे स्तनमाथि ट्याटु छ । कतिपय फोटोशुटका क्रममा उनले उक्त ट्याटुलाई देखाउने गरेकी छिन् ।

सुष्मा कार्की
विवाद र चर्चाको संगम हुन् नायिका सुष्मा कार्की । कहिले पहिरन त, कहिले प्रेमीका कारण उनी नेपाली चलचित्रनगरीमा चर्चामा नै रहन्छिन । तर हाल भने उनको चर्चा सेलाएको छ । उध्रेको चोली आईटम डान्स र बिन्दासमा दिएको बिन्दास सिनले उनलाई हट नायिकाको परिचय दियो । त्यो परिचयलाई उनको देब्रे स्तनमाथिको ट्याटुले अझै चम्काउन सहयोग गर्यो । सूर्य आकारको उक्त ट्याटुको चर्चा सिने जगतमा अहिले पनि छ ।

प्रतिक्रिया दिनुहोस्