Logo

चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक…(हेर्नुहोस् टिजर)

चलचित्र ‘जय शम्भु’को टिजर सार्वजनिक भएको छ । अभिनेता अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र नायिका वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्रको टिजरमा प्रेम, बिछोड र एक्सन देखाइएको छ । आउँदो भदौ १ गतेबाट प्रदर्शन हुने चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका छन् ।

दिनेश शाही प्रस्तुतकर्ता रहेको जय शम्भुमा अरविन्द्रमान शाक्य निर्माताको रूपमा रहेका छन् भने चक्र पाख्रिन कार्यकारी निर्माताको रूपमा रहेका छन् । यस्तै सह निर्माताहरू कुशल शर्मा र शिक्षा काफ्ले हुन् । चलचित्रमा हरि घले लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्शन, टङ्क बुढाथोकीको सङ्गीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्