Logo

सम्पुर्ण नेपाली छोरीका लागि युरोपबाट आएको यस्तो उपहार, उपहारले सबैलाई रुवायो…(भिडियो सहित)

‘प्यारी छोरी’ नामक गीति संग्रह बजारमा आएको छ । लोकप्रिय गायक तुलसि सिवाकोटीले छोरीको बर्णन गरिएको गीति एल्वम ‘प्यारी छोरी’ बजारमा ल्याएका हुन् । आफ्नै छोरीको जन्मदिन पारेर उनले ‘प्यारी छोरी’ बजारमा ल्याएको छन् । आफ्नो छोरीको लागि मात्रै नभएर सम्पुर्ण छोरीका लागि उपहार स्वरुप ‘प्यारी छोरी’ बजारमा आएको उनको भनाइ छ ।

नेपाली समाजले छोरा र छोरीलाई विभेद् गर्ने गरेकाले समाज परिवर्तनमा पनि टेवा पुगोस भनी सम्पुर्ण छोरिहरुका लागि गीगि एल्वम ल्याएको उनले बताएका छन् । ‘छोरीको वर्णन गरी गीतको सृजना गर्न पाउँदा अत्यन्तै गौरव र भाग्याशाली ठानेको छु’ उनले भने, ‘यसले समाजमा रहेको विभेद् अन्त्य गर्न सहयोग गर्ने अपेक्ष पनी गरेको छु ।’

युरोपको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले यस एल्वमलाई बजारमा ल्याएको छ । यसु थापाको शब्द र निरज श्रेष्ठको संगीत रहेको गीतमा छोरीको सम्मानमा समर्पित रहेको छ । थुप्रै बिद्याका गीत हरुमा आवाज दिएर सबै का मन जीतिसकेका सिवाकोटी ले यसपटक भने समाजमा रहेको असमानताको खाडल पुर्ने उदेश्याका साथ आफ्नो आवाज दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्