Logo

‘राम कहानी’ ट्रेलर विवादमा, सन् २०१३ मा प्रदर्शनमा आएको थाई फिल्म ‘पी मक’ संग मिल्दो जुल्दो

काठमाडौँ – भाद्र २२ बाट देशभर प्रदर्शनमा आउँ लागेको चलचित्र ‘राम कहानी’ को ट्रेलर केहि दिन अगाडी सार्बजनिक भएको थियो र अहिले ‘राम कहानी’ को ट्रेलर सन् २०१३ अगस्ट २८मा प्रदर्शनमा आएको थाई फिल्म ‘पी मक’ संग मिल्दो जुल्दो देखियको छ । थाई फिल्ममा जस्तै राम कहानी ट्रेलरमा पनि हिरोइनलाई भुत अवतारमा देखाइएको छ ।

दुबै फिल्मको ट्रेलर हेर्दा थाई उक्त फिल्मको कथा र नेपाली राम कहानीको कथाको सार उस्तै छ जस्तो लाग्छ । फिल्ममा राखिएको सब टाइटललाई मध्यनजर गर्ने हो भने पनि त्यसका समानताहरु धेरै देखिन्छन ।

राम कहानीको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले यही भनेका थिए । फरक गर्ने कोसिसमा कतै थापाले बिदेशी फिल्मबाट प्रभावित हुँदै ‘राम कहानी’ निर्माण गरेका त छैनन् । थाई फिल्म नेपालका लागी उती नजिक छैन । थाई फिल्मका दर्शक पनि सायदै होलान् नेपालमा । फिल्मको कथा बस्तु मिल्छ मिल्दैन त्यो त फिल्म प्रदर्शनमा आएपछी नै थाहा हुनेछ । तर अहिले हेर्दा दुवै फिल्मको ट्रेलर मिल्दा जुल्दा छन् । निर्देशक सुदर्शन थापाले भने आफ्नो फिल्मको ट्रेलर कुनै फिल्मसँग नमिल्ने र कसैबाट प्रभावित पनि नभएको बताए । ’

राम कहानीको ट्रेलर:-

प्रतिक्रिया दिनुहोस्