Logo

सिरी ए मा रोनाल्डोले गरे डेब्यू, पेलेले भने : गूड लक क्रिस्टियानो

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लव फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । नयाँ सिजनको उद्घाटन खेलमा युभेन्टसले किएभो भेरोनासँग खेलिरहेको छ ।

रोनाल्डोलाई क्लबमा भित्र्याएपछि झन बलियो मानिएको युभेन्टसविरुद्ध भेरोना पनि आश्चर्यजनक नतिजा निकाल्ने दाउमा छ । युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ । रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्