Logo

मेस्सीको फ्यानहरुलाई दुखको खबर : मेस्सी अर्जेन्टिनाको टोलीमा परेनन्, के सन्यास लिएकै हुन् ?

 

काठमाडौंः स्टार स्ट्राइकर लियोनल मेस्सीलाई अर्जेन्टिनाको टोलीमा समावेश गरिएको छैन । अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले अर्जेन्टिनाबाट खेल्ने वा नखेल्ने बारेमा आफुलाई जानकारी नभएको बताएका छन् । सेप्टेम्बरमा हुनेग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्कलोनीले टोली घोषणा गरेका छन्, तर मेस्सीको नाम भने छैन ।

योसँगै मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सम्भावना बढेको छ । यसअघि उनले सन् २०१६ मा सन्यास घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा लगातार दोस्रो पटक चिलीसँग हार व्यहोरेपछि उनले सन्यास घोषणा गरेका थिए ।

सन्यास घोषणा गरेको केही समय पछि उनले सन्यास फिर्ता लिएका थिए । रसिया विश्वकपमा अर्जेन्टिनाले खराब प्रर्दशन गरेपछि मेस्सी सन्यास लिने मनोस्थितीमा पुगेको बताइन्छ । विश्वकपमा प्रदर्शन गरेको खराब खेलपछि टोलीका मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाई बर्खास्त गरिएको थियो ।

Generated by IJG JPEG Library

स्कलोनीले आफुले टोली छनौट गर्नु अघि मेसीसँग कुरा गरेको र उनी अर्जेन्टिनाबाट खेल्ने वा नखेल्नेमा निश्चित नरहेको बताएका छन्। अर्जेन्टिनाको टोलीमा मेसीसँगै अगुएरो, ओटामेन्डि, हिगुआइन जस्ता अन्य नाम चलेका खेलाडी समेत अटाएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्