Logo

सलमानलाई पछार्दै अक्षय बने संसारकै धेरै कमाउने अभिनेतामा

अहिलेको अवस्थामा संसारको सबैभन्दा धेरै रकम कमाउने अभिनेतामा बलिउडका चर्चित अभिनेता अक्षय कुमारले अर्को चर्चित अभिनेता सलमान खानलाई पछारेका छन् ।अहिले अक्षय कुमार ४।०६ करोड डलर वार्षिक कमाईसहित सातौं स्थानमा छन् भने सलमान खान भने वार्षिक ३।८५ करोड डलर कमाईसहित नवौं स्थानमा छन् ।

फोर्ब्सले विश्वको सबैभन्दा धेरै कमाउने अभिनेताहरुको सूची बुधबार जारी गरिएको छ । यो सूचीमा गएको वर्ष सलमान खान ९ औं स्थानमा थिए तर अक्षय कुमार भने १० औं स्थानमा थिए ।सन् २०१७ को सूची हेर्दा शाहरुख खान पनि ८ औं स्थानमा थिए तर यसपटक भने उनी बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्