Logo

द भ्वाइस अफ नेपालका तेजिन्द्र गन्धर्वले लिएर आए ‘साँइलीरीमई’ (भिडियो)

काठमाडौं – निर्मला हत्याकाण्ड बारे गीत गाएरै चर्चित बनेका भोजपुरका तेजिन्द्र गन्धर्वले नया गीत ल्याएका छन् ।गायक तेजिन्द्र गन्धर्वको आफ्नै जीवनकथा बोकेको गीत ‘साँईलीरीमई’ गीतमा उनि आफैले अभिनय गरेका छन् ।यो गीतको भिडियो ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको हो ।

भिडियोमा बिकाश सुवेदीको निर्देशन र अनिल के मानन्धरको छायांकन तथा बिकास ज्ञवालीको सम्पादन रहेको छ ।गीतको डि।पी खनालको शब्द छ भने संगीत शंकर थापा ‘स्माइल’ र उदयराज पौडेलको एरेञ्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्