Logo

कोहलीसँग ब्रेकअपपछि डिप्रेसनमा परेकी नेहा कक्क्डको अवस्था थप जटिल

काठमाडौं – बलिउडकी चर्चित गायिका नेहा कक्कर पछिल्ला दिनमा निकै तनावपूर्ण अवस्थामा देखिएकी छन्। केही दिनअघि उनको प्रेमी हिमान्स कोहलीसँग ब्रेकअप भएको थियो। सोही कारण उनी तनाबमा रहेकी थिइन्। अहिले भने उनको अवस्था थप जटिल बन्दै गएको छ। आफू डिप्रेसनको शिकार भएको नेहाले सामाजिक संजालमा खुलासा गरेकी छन्। उनले आफ्ना पीडा आफ्ना फ्यानसामू बाँडेकी छन्।


उनले लेखेकी छन्, ‘म डिप्रेसनमा छु। सबै नकारात्मक मानिसलाई आभार। तपाईंहरु मलाई सबैभन्दा खराब पल दिन सफल हुनुभएको छ। बधाई छ। तपाईं सफल हुनुभयो।’ नेहाले कोहलीसँग ब्रेकअप भएपछि एक भावनात्मक स्टाटससमेत लेखेकी थिइन्। जहाँ लेखिएको थियो, ‘यो दूनियामा यति खराब मानिस पनि हुन्छन् भन्ने मलाई थाहा थिएन।’

नेहाले आफूले आफ्नो सबै कुरा दिएको र त्यसवापत आफूले के पाएँ भन्ने आफैलाई थाहा नभएको पोस्टमा उल्लेख गरेकी थिइन्। ब्रेकअपछि निकै भावुक भएकी नेहा डिप्रेशनमा गएको विषयलाई लिएरु भारतीय मिडियामा निकै चर्चा छ।

प्रतिक्रिया दिनुहोस्