एजेन्सी – रणबीर सिंह र दीपिका पादुकोणको विवाह भएको दुई महिना भइसकेको छ । बिहे अघि पनि चर्चामा आउको यो जोडी बिहे पछि पनि विभिन्न कारणले चर्चामा आइरहन्छ ।
विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा अभिनेता रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् ।
उनले भनेका छन् ‘सुरुमा त म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दोस्रो, म खाना नखाई घर छोड्न पाउँदिनँ र तेस्रो, म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’यो जोडीको बिहे ह सन् २०१८ मा इटलीको लेक कोमोमा भएको थियो ।
प्रतिक्रिया