Logo

‘मेरी बास्सै’को सुटिङ्गमा ‘बान्द्रे’लाई दमन रुपाखेतीले एक झापड हाने, ‘चम्सुरी’ले खोलिन् टिम भित्रको उदेकलाग्दा रहस्य (भिडियो हेर्नुस्)

काठमाडौं – पल्पसा डंगोल भनेर हामीले कतिजनाले उनलाई चिन्छौं ? उनले कलाकारीतामा लागेपछि कमाएको नामले उनको वास्तविक नाम नै छायामा पारेको छ । नेपाल टेलिभिजनवाट प्रसारण हुने कार्यक्रम ‘मेरी बास्सै’मा ‘चमसुरी’ अर्थात ‘मुलाको साग’ पात्रको श्रीमतीका रुपमा अभिनय गरेकी उनको ‘चमसुरी’ नाम स्थापित भइसेको छ । उनको नयाँ सो ७ महिना यता पनि प्रशारण भइरहेको छ । नयाँ शो ‘उल्टो शुल्टो’ पनि उत्तीकै चर्चीत भएको छ । उनले ‘मेरी बास्सै’ र ‘उल्टो सुल्टो’को तुलना गर्दै पछिल्लो शो मा आफु निकै सन्तुष्ट भएको बताइन् ।

उनले भनिन् ‘म नभए पनि यो सिरियल नमरोस्’ । ‘मेरी बास्सै’को सुटिङ्गको लागि दमन रुपाखेतीले फोन गर्दा उनी एक महिनाकी सुत्केरी थिइन् । एक महिना अघि मात्र छोरी जन्मेकी थिइन् । उनी पछि सो सिरियलमा डेब्यु गरेका अर्का कलाकार बान्द्रेले ‘ म त राजि छु बा’ भन्ने डायलगका लागि मात्र १० टेक खाए । सानो रोलमा पनि १० टेक खाएपछि दमनले बान्द्रेलाई एक झापड हानेको उनले अहिले पनि सम्झन्छिन् । अरु सो सिरियलका रमाइलो किस्सा हेर्नुहोस् यो भिडियोमा….

प्रतिक्रिया दिनुहोस्