Logo

अन्तत: SP दान बहादुर मल्लले १२ घण्टे अल्टिमेटम पछि राता -रात चितवन छाडे, रबिसंग विवाद अब के हुन्छ ?….(हेर्नुहोस् भिडियो)

प्रचण्डका पूर्व पिएसओ दान बहादुर मल्लले टेरेनन् डिआइजिको निर्देशन, खसीकाण्डका डिएपी शाही सरुवा हुन अटेर गर्दा, आइजिपी सवेन्द्र खनालको छ्रैन् कुनै एक्सन् ।

दर्शकबृन्द्र नमस्कार, म कमला हमाल, तपाईहरु हेर्द हुनुहन्छ अनलाइन टिभी नेपाल । आज हामी तपाईलाई प्रहरी सरुवा प्रकरणमा सरुवा आदेश आइसक्दा पनि सरुवा भएको ठााउमा नजाने दुई प्रहरीको बारेमा विशेष रिपोट तयार पारेका छौ । सुरक्षा संगठन ‘चेन अफ कमाण्ड’मा चल्ने संस्था हो । कुनै बेला आफूभन्दा सिनियर अधिकृतले ‘एक्लै पहाड फोड’ भन्दा ‘हस् सर’ भन्दै आदेश पालना गर्नुपर्ने अवस्था थियो । तर, त्यो अवस्था नेपाल प्रहरी संगठनमा इतिहास भइसकेको छ ।

अहिले प्रहरी प्रधान कार्यालयले सरुवा गरेका केही प्रहरी अधिकारी प्रहरी प्रधान कार्यालयको आदेशलाई लत्याउदै आफ्नै ढङगले चल्न थालेका छन् । संगठन प्रमुख जसले जे गरेपनि टुलुटलु हेरिरहने ‘बिचरा’ भएका छन् । र यो अभियोग होइन, भर्खर सरुवा भएका प्रहरी अधिकृतको अटेरीपन हेरे पुग्छ । केही दिन अघिमात्र सरुवा गरिएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नावय उपरीक्षक (डीएसपी) न तोकिएको ठाँउमा खटिए, न चेन अफ कमाण्डले कुनै एक्सन नै लिन सक्यो । प्रहरी प्रधान कार्यालयले पठाएको ठाउँमा जान नमानी आफू बसेकै ठाउँमा बसिरहदा पनि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल चुपचाप बसेपछि संगठनभित्रै सरुवाको बिषयमा हल्लीखल्ली मच्चिएको छ ।

प्रहरी प्रधान कार्यालयले गत पुस ४ गते चितवनका एसपी दानबहादुर मल्ललाई सरुवा गरेको थियो भने । गएको मंसिर २६ गते कोलपुरका डिएसपी हेमबहादुर शाहीको पनि सरुवा भएको थियो । एसपी दानबहाद मल्ल चितवनका प्रहरी प्रमख हुन् । सालिकराम आत्महत्याकाण्डमा रवि लामछिाने प्रकाउको घट्नाका कारण एसपी मल्ल चर्चामा आएका थिए । आत्महत्या दुस्साहन मुद्धा खेपीरहेका चर्चित कार्यक्रम सिधा कुरा जनतासंगका कार्यक्रम सञ्चालक रवि लामिछानेको समथर्नमा उत्रिएका स्थानियलाई धरपकट गरेको भन्दै त्यहाँका स्थानियले एसपी मल्ललाई सरुवा गर्नुपर्ने माग गरेका थिए र तर मल्ल प्रचण्डको पावरका कारणसरुवा भएनन् । प्रहरी संङ्गठनभित्र उच्च राजननितिक पावरफुल व्यक्तिका रुपमा परिचित छन् ।

यता इलाका प्रहरी कार्यलय कोहपुरका डिएपी हेम शाही पनि सरुवा आदेश नमान्ने प्रहरीको लिस्टमा रहेका छन् । हेम बहादुर शाही उनै डिएसपी हुन् । जसले गत दशैंमा तरुणदलका नेता केशर खड्कासंग खसी मागेर धम्काएका थिए । खसी मागेको अडियो सार्वजनिक भएपछी उनि खसीकाण्डका रुपमा विवादमा आएका थिए । त्यसको केही दिनपछी कोहलपुरमै ट्रकले ७ कक्षामा पढ्ने प्रकृति चन्दलाई ठक्कर दिदा विरोधमा उत्रिएका स्कुले विद्यार्थीलाई गोली चलाएका थिए । उक्त घट्नाकै कारण जिल्ला प्रहरी कार्यलय बाँकेमा तानिएका थिए ।

एसपी मल्ल चितवन जिल्ला प्रहरी प्रमुखको रुपमा कार्यरत छन् । उनलाई प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो ।उनीसँगै प्रहरी प्रधान कार्यालयले २४ जना एसपी सरुवा गरेको थियो । सरुवा भएका अन्य एसपीहरुले आफू बसेको ठाँउ छोडिसकेका छन् । अधिकाशं एसपीहरु नयाँ ठाउँ हाजिरसमेत भइसकेका छन् । तर, मल्ल अझै चितवनमै छन् । प्रदेश नम्व ३ प्रहरीले चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई १२ घन्टाभित्र जिल्ला छाड्न निर्देशन दिएको छ ।

तर उच्च राजनीतिक शक्तिकेन्द्रको दबाब आएपछि मल्लको सरूवा कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको प्रहरी अधिकारीहरु स्वीकार गर्छन् । उनले चितवन नछोड्दा मल्लको ठाँउमा पठाएका अर्का एसपी गंगा पन्त चितवन जानबाट रोकिएकी छीन् । मल्ल लामो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का पीएसओ बसेका एसपी हुन् । चितवन प्रचण्डको गृह जिल्ला समेत हो । उनी डिएसपी हुँदा महानरीय प्रहरी वृत्त दरबारमार्गको प्रमुखसमेत भएका थिए । एसपीमा बढुवा भएपछि उनलाई प्रहरी प्रधान कार्यालयले आठ महिना अघि चितवन प्रहरी प्रमुखको रुपमा पठाएको थियो ।

एसपी मल्संगै प्रहरी प्रधान कार्यालयको सरुवा आदेश नमान्र्ने इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाही पनि छन् । उनलाई प्रहरी प्रधान कार्यालयले मंसिर २६ गते नै सरुवा गरेको थियो । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखाका डीएसपी कुलदिप चन्दलाई पठाएर शाहीलाई कर्णाली प्रदेश सुर्खेत प्रहरी गणमा काज सरुवा गरेको थियो । तर, प्रहरी प्रधान कार्यालयको आदेश विपरित उनी कोहलपुरमै छन् । डीएसपी शाहीले ठाँउ नछोड्दा प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी कुलदिप चन्द प्रहरी प्रधान कार्यालयमै छन् । डिएसपी हेम शाहीमाथि गत दशैंमा नेपाली कांग्रेस निकट तरुणदलका नेतासँग खसी मागेको अडियो सार्वजनिक भएको थियो ।त्यसपछि मंसिर २२ मा सवारी दुर्घटनामा एकजना विद्यार्थी घाइते भएपछि भएको विद्यार्थी प्रर्दशनमा गोली चलाएपछि उनी विवादित बनेका थिए । उनीपनि राजनीतिक दबाबकै कारण प्रहरी प्रधान कार्यालयको आदेश नमानी सरुवा भएको ठाउँमा गएका छैनन् ।

यता प्रहरी प्रहरी प्रधान कार्यलयका प्रवक्क्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्री एसपी र डिएपीको सरुवा नरोकिएको बताउनुहुन्छ । हामीले केही दिन अघि निकालेका सरुवा लिस्ट यथावत हो । कसैको हेरफेर भएको छैन । यसलाइ नै आधार मानेर उनीहरुले कार्यरत भएको ठाउँ छोड्नु पर्ने डीआइजी थापाको भनाई छ । सरुवा भएको कति समय पछि ठाँउ छोड्नु पर्छ भन्ने नियम नभएपनि साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन हुदाँ राम्रो हुने उहाँको भनाइ छ । तर, एसपी मल्लले ११ दिन र शाहीले २० दिन हुँदासम्म सरुवा कार्यान्वयन गरेका छैनन् ।

सरुवाबारे एसपी दानबहादुर मल्लले आफुले यस बिषयमा कुनै प्रतिकृया नदिने बताएका छन् । एसपी मल्लले प्रहरी प्रधान कार्यलयले पठाएको १२ घन्टे अल्टिमृृटम पत्रबारे बोल्न मानेनन्। तपाईले प्रहरी सरुवाको पत्र आइसक्दा पनि किन जिल्ला नछोड्नुभएको प्रश्नमा उहााँले यसबारे मैले बोल्नु केही छैन भनेर पन्छिएका छन् । हा्रमो प्रश्नको उत्तर दिन त चहानेनन् तर यसविषयमा प्रहरी प्रधान कार्यालयको प्रवक्तासँग सोध्नु भनेर जवाफ फकाए । चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले मल्लले सरूवाको चार्ज नबुझेकोबारे प्रतिक्रिया दिएनन्। एसपीसाहेबसँगै बुझ्नुहोला भनेर मात्रै उत्तर फर्काए । साधारणतया एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।

यता डीएसपी हेमबहादुर शाहीले भने आफू नै कोहलपुरको डीएसपी भएको बताए । सरुवा कार्यान्वयनको बारेमा आफूलाई कतैबाट केही जानकारी नआएको प्रतिकृया दिएका छन् । यसरी चेन अफ कमाण्ड नमान्दा प्रहरी संङ्गठनबाट भावी पुस्ताले के सिक्ने यसतर्फ नेपाल प्रहरीले ध्यान दिन जरुरी छ । दुई चार जना सङ्गठनका अधिकरीले गर्दा सिंगो सङ्गठनले बनदामी खेप्नुपर्ने हुन्छ । बेलैमा यस्ता कुरा सुधार गर्नका लागि ध्यान जाओस । जय नेपाल

प्रतिक्रिया दिनुहोस्