Logo

२ महिना पछि धुर्मुसले छोरीसंग भेट्न पाए, भेट्दा भाबुक भए

चितवन – चितवनमा निर्माण हुँदै गरेको नेपालको पहिलो अन्तराष्ट्रिय स्थरको रङ्गशालामा अहिले सिताराम कट्टेल ‘धुर्मुस’ दिनरात व्यस्त रहेका छन् । धुर्मुस यत्ति सम्म व्यस्त छन् कि करिब २ महिना देखि चितवन मै छन् भने आफ्नो छोरीसंग भेट्न पनि पाएका थिएनन् । आज भने धुर्मुसले छोरीलाई रङ्गशालामा भेटेका छन् र खुशी साटेका छन् ।

सिताराम कट्टेल र कुन्जना घिमिरेको एकमात्र छोरी सुबिहानी कट्टेल आज चितवन पुगेकी छिन् र बुवा सिताराम कट्टेलसंग भेट गरेकी छिन् । २ महिना देखि चितवन मै रहेका धुर्मुसले छोरीलाई भेट्ना साथ अंगालोमा हालेर खेल्न थाले । ४ वर्षकि सुबिहानी भने काठमाडौमा भर्खर स्कूल जान थालेकी छिन र आमा कुन्जना घिमिरेसंग बस्दै आईरहेकी थिईन । कुन्जना भने हप्ता दिनमा चितवन जाने आउने गरिरहेकी हुन्छिन् । धुर्मुस भने बन्दै गरेको रङ्गशालाको अभियान छोडेर कत्तै हिंडेका छैनन् ।

धुर्मुसले छोरी मात्र नभएर आफुले निर्माण गरेको चलचित्रको गित रिलिजको कार्यक्रममा समेत जान सकेनन् । चितवनमा सहयोग गर्नेको भिंडले गर्दा र कामको सुरुवाती दिन भएकाले आफै दिनरात खटिरहेका छन् । घर परिवार देखि टाढा रहेर देश र जनताका लागि काम गरिरहेका धुर्मुसले आज छोरीलाई भेट्दा एकछिन भुलिएका थिए । छोरीसंग खेल्दै खाना खाएर थकाई मेटेका थिए धुर्मुसले ।

प्रतिक्रिया दिनुहोस्