Logo

सपिङ गर्न दरबारमार्ग पुगेका बलिउड स्टार गोविन्दाले के किने ? हेर्नुहोस् , बलिउडमा एकछत्र राज गरेका गोविन्दा दरबारमार्गमा

काठमाडौं – बलिउड स्टार गोविन्दा भारतमा मात्रै नभइ नेपाली दर्शकका लागि समेत मन पर्ने कलाकार हुन् । गोविन्दा अभिनय र नृत्य कुनै समय बलिउडमा मात्रै नभइ नेपाली दर्शकमाझ निकै चर्चित थियो । त्यहि भएर पनि नेपाली दर्शक माझ एकदमै चर्चित छन् बलिउड स्टार गोविन्दा । गोविन्दा चलचित्र हेर्नु लाई दर्शक धेरै आतुर भएको बताए । नेपाली दर्शकले गोविन्दालाई सोधे तपाइको चलचित्र अब हामीले कहिले हेर्न पाउने हो । यस प्रश्न को उतर दिदै गोविन्दाले भने अब छिटै नै म आफ्नो निरमं चलचित्र तपाइको हरुको लागि लिएर आउछु । नेपाली चलचित्र भित्रको कथामा चलचित्र निर्माण गर्लान त गोविन्दा ।

कुनै समय बलिउडमा एकछत्र राज गरेका गोविन्दाले कुनै समय ३६ घण्टामा १४ वटा चलचित्रमा साइन गरेका थिए । उनी गोविन्दाको नेपालसँगको नाता पनि निकै बलियो छ । १६० भन्दा बढी चलचित्रमा काम गरिसकेका उनी ससुराली काठमाडौं आइरहन्छन् ।

कहिले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्छन त कहिले कार्यक्रममा अतिथिका रुपमा गइरहन्छन् । गोविन्दा यसपटक भने दरबारमार्गमा सपिङ गर्दै भेटिए ।

गोविन्दा यही मंगलबार दरबारमार्गको एडिडासको शोरुममा भेटिए । जहाँ उनले १५ हजार रुपैयाँ पर्ने ट्रयाक-सुट खरिद गरे । झण्डै १५ मिनेट शोरुममा बिताएका उनले पुजाका लागि भन्दै कपडा खरिद गर्न पुगेका थिए । उनले नेपाली रुपैयाँमै पैसा तिरेको एडिडास शोरुमका कर्मचारी दीपेश चौलागाईंले जानकारी दिए ।

गोविन्दाले किनेको ट्र्याकसुट
‘मंगलबार राति सवा ८ बजेतिर पसल बन्द गर्न लागेका थियौं, एकजना सहयोगीसँगै आउनुभएका गोविन्दाले केही सामान किन्नुछ भाई भनेपछि हामी उत्साहित भयौं,’ चौलागाईंले भने, ‘अरु सामान्य मान्छे आएको भए हामी पसल बन्द गर्न लागेको जानकारी दिन्थ्यौं । तर, गोबिन्दाजस्तो सेलिब्रेटी आएपछि हाामीले खुसी हुँदै सेवा दियौं । फोटो पनि खिच्यौं ।’

गोविन्दा दरबारमार्गमा सपिङ गर्न गएको यो पहिलो पटक भने होइन । गत वर्ष पनि काठमाडौं आएका बेला उनी एडिडासको शोरुममा पुगेका थिए ।

बिहीबार दरबारमार्गमा गोबिन्दासँग सेल्फी खिच्दै पत्रकार नविन अर्याल
बिहीबार पनि दरबारमार्गमा टहलिएका उनी केही ब्राण्डका शोरुम चहारे र लञ्चका लागि याक एण्ड यति होटलमा पुगे । त्यहाँ उनका प्रसंशकले उनीसँग सेल्फी लिए ।

प्रतिक्रिया दिनुहोस्