१२ दिन अगाडि छुट्टिएका श्रीमानको श:वमा माला चढाउँन पुगिन श्रीमति, ७० बर्षिय बाबुले दिए दागबत्त
काठमाडौं – जम्मुकश्मीर भएको भारत–पाकिस्तान भिड न्तमा ज्यान गुमाएका गोरखा नगरपालिका ५ ढाँडगाउँका २६ वर्षिय अर्जुन थापा मगरको भारतमै अन्त्यष्टि भएको छ । भारतीय सेनामा रहेका नेपालीहरुको ज्यान गए श व नेपाल समेत ल्याउन पाइदैन ।
छोरोको मृ त्युको खबरले भवबिह्वल भएका बाबु प्रेमबहादुर बुहारी (अर्जुनकी श्रीमती) सहित आफन्तको साथ बुधबार नै घरबाट गएका थिए । गोली लागेर अर्जुनको निधन भएपछि उनकी श्रीमती सरिता थापा मगर र ७० बर्षीय बाबु प्रेम बहादुर थापा सहित केही गाउँलेहरु बिहीबार पश्चिम बंगाल पुगेका हुन् ।
अर्जुनको पार्थिव शरिरलाई भारतीय सैनिकले उच्च सम्मान गर्दै पश्चिम बंगलको बागडोगरा सैनिक क्याम्पमा अन्त्येष्टि गरिएको हो । अर्जुनलाई भारतको झण्डा ओढाएपछि उनका बाबुले दा ग बत्ती दिएका थिए ।
कस्मिरबाट भारतीय सेनाको हेलिकप्टरले थापाको श व ल्याएको थियो। भारतीय सेनाले श व यात्रा र उच्च सैनिक सम्मानसहित सलामी दिएपछि बाबु प्रेमबहादुरले छोरा अर्जुनलाई दागबत्ती दिए।
भारतीय सेनाका ब्रिगेडियर अविश यादवसहित उपस्थित सेनाले अर्जुनको श व लाई भारतीय झण्डा ओढाउँदै श्रद्धाञ्जली दिएका थिए। अर्जुनको भारतीय भूमिका अन्त्येष्टि गरेपछि आफन्त र छिमेकी झन् पी डामा छन्। छिमेकीहरू सकेसम्म आफ्नो संस्कारअनुसार अर्जुनको अन्त्येष्टि नेपाली भूमिमा गराउन चाहन्थे।

भारतीय सेनाले उच्च सम्मानसहित अन्त्येष्टि गर्ने बताएको र परिवारको पनि आर्थिक अवस्था कमजोर रहेकोले श व नेपाल ल्याउन नसकिएको बताइएको छ । भारतीय झण्डा ओढाएर उच्च सम्मानका साथ अन्त्यष्टि गर्नुपर्ने भएकाले भारतले श व नेपाल ल्याउन दिँदैन ।
कतिपयले भने निकै जोडवल गरेर भएपनि नेपाल ल्याएका उदाहरण भने छन् । नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा विरोध हुनसक्ने भएकाले भारतले सकेसम्म नेपाल श व ल्याउन दिँदैन । विपन्न अर्जुनको परिवारले जोडवल गर्न नसकेका कारण उनको अन्त्यष्टि पनि भारतमै गरिएको हो ।
६ महिना अघि विवाह गरेका अर्जुनकी श्रीमतीको वेहाल भएको छ । फोनमा कुरा गर्दा गर्दै आफ्ना पति गुमाएकी अर्जुनकी श्रीमती अर्ध मुर्छित अवस्थामा छन् ।
‘फोन राख राख… यहाँ आ’तंकवा’दी आएजस्तो छ।’ मंगलबार बेलुकी गोरखा नगरपालिका-५ रिप गाउँकी सरिता थापा मगरलाई भारतीय सेनामा कार्यरत श्रीमान् अर्जुन थापा मगरले कस्मिरबाट फेसबुक मेसेन्जरमा भने।
अर्जुनले यति भन्नासाथ कल का’टियो। सरितालाई ननिको लाग्यो। उनी आत्तिइन्। प्रार्थना गरिन्- नराम्रो केही नहोस्। उनलाई आश थियो-एकछिनमै म्यासेन्जरमा फेरि श्रीमानको फोन आउनेछ। घन्टा बित्यो। रात सकियो। बुधबार बिहान भयो। तर अर्जुनको फोन आएन।
सरिताले तारन्तार फेसबुक स्क्रोल गरिरहिन्। अहँ, अर्जुनको प्रोफाइल पिक्चरमा फेसबुकले हरियो देखाउँदै देखाएन। उनको मोबाइल पनि स्विच अफमात्र भनिरह्यो।