विश्वकप २०२६ को रोमाञ्चक यात्रा जारी, डिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण


काठमाडौं – विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ। समूह चरणका खेलहरूबाटै विश्वभरका फुटबल समर्थकहरू उत्साहित भइरहेका बेला डिशहोमले नेपाली दर्शकलाई मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकपका सम्पूर्ण खेल प्रत्यक्ष हेर्ने सुविधा उपलब्ध गराएको छ।

फुटबल समर्थकहरूको फरक–फरक आवश्यकता र हेर्ने शैलीलाई ध्यानमा राख्दै डिशहोमले आफ्नो डिजिटल प्लेटफर्म डिगो एप, DTH तथा IPTV सेवामार्फत विभिन्न विश्वकप पास उपलब्ध गराएको जनाएको छ। घरमै ठूलो स्क्रिनमा विश्वकपको रोमाञ्चकता अनुभव गर्न चाहनेदेखि मोबाइलमार्फत जहाँसुकै खेल हेर्न चाहने दर्शकसम्मका लागि उपयुक्त विकल्पहरू रहेको कम्पनीले जनाएको छ।

मोबाइल वा ट्याब्लेटमा विश्वकप हेर्न चाहने दर्शकका लागि रु. ५४९ को मोबाइल पास उपलब्ध छ। यसमार्फत एउटै खाताबाट मोबाइल र ट्याब्लेट दुवैमा लगइन गर्न सकिए पनि एकपटकमा एउटा उपकरणमा मात्र प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ।

यस्तै, रु. ९९९ को सिजन पास मार्फत दुईवटा उपकरणमा एकैसाथ स्ट्रिमिङ गर्न सकिने सुविधा रहेको छ। मोबाइल, ट्याब्लेट, ल्यापटप तथा एन्ड्रोइड टेलिभिजनमध्ये कुनै पनि दुई उपकरणमा विश्वकपका खेलहरू हेर्न सकिने कम्पनीले जनाएको छ।

ठूलो स्क्रिनमा परिवार तथा साथीभाइसँग बसेर विश्वकप हेर्न चाहने दर्शकका लागि डिशहोमले रु. ९९९ को टेलिभिजन सिजन पास पनि उपलब्ध गराएको छ। यसमार्फत डिशहोम DTH HD तथा IPTV सेट–टप बक्समा फुल HD गुणस्तरमा विश्वकपका सम्पूर्ण खेल प्रत्यक्ष हेर्न सकिनेछ।

डिशहोमका अनुसार डिगो सिजन पास र टेलिभिजन सिजन पास फरक–फरक सेवा भएकाले मोबाइल तथा टेलिभिजन दुवै माध्यमबाट विश्वकप हेर्न चाहने ग्राहकले दुवै पास छुट्टाछुट्टै खरिद गर्नुपर्नेछ।

कम्पनीले विश्वकपका कुनै पनि महत्वपूर्ण खेल नछुटाउन आफ्ना ग्राहकलाई आवश्यकताअनुसारको पास छनोट गरी सहज रूपमा खरिद गर्न आग्रह गरेको छ। विश्वकप सिजन पास डिशहोमका आधिकारिक डिलर, खल्ती, eSewa, Connect IPS लगायतका डिजिटल भुक्तानी माध्यमबाट खरिद गर्न सकिनेछ। त्यस्तै डिगो विश्वकप पास पनि विभिन्न डिजिटल भुक्तानी सेवामार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।