Logo

आस्था राउतलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि उठ्यो प्रश्न माथि प्रश्न …..(भिडियो सहित)

एयरपोर्टमा चेकजाँजका क्रममा भएको सामान्य विवाद पछि गायिका आस्था राउत विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। गायिका राउतलाई नियन्त्रणमा लिएर उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने प्रहरीको तयारी छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि डिउटीमा बसेका प्रहरी जवानमाथि अभद्र व्यवहार गरेकाले गायिकालाई पक्रन आदेश दिएको छ।

पछिल्लो समय राउत प्रकरणमा सामाजिक सञ्जालमा अनेक टिप्पणी भइरहेको छ। गायिका राउतले आफ्नो गल्ती स्वीकार्दै माफि मागिसकेपनि प्रहरीले उनी विरुद्ध आइतबार पक्राउ पुर्जी जारी गरेको हो। समान्य विवादमा थुनेर मुद्धा चलाउन खोजेपछि मानिसहरुले प्रहरीमाथि नै प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्