Logo

जथाभावी पार्किङ गरेको भन्दै ट्राफिकले लगाइदियो प्रहरीकै गाडीमा ‘ह्विल लक’ !

जथाभावी पार्किङ गरेको भन्दै साइरन जडित प्रहरीकै गाडीमा ‘ह्विल लक’ गरिदिएको छ । अनामनगरमा सडक अवरुद्ध हुने गरि पार्किङ गरिएको प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गर्दै कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना १ झ १४२५ नम्बरको गाडीमा ह्विल लक गरेको हो । ट्राफिक टोलीले नियम मिच्ने कसैलाई पनि नछोड्ने बताउँदै उक्त गाडीलाई पनि नियमअनुसार चिट काटेर कारबाही गरिएको प्रतिक्रिया दिएकाे छ । पछिल्लो समय ट्राफिक प्रहरीले नियमविपरित सडकमा पार्किङ गर्ने सवारीसाधनमा ह्विल लक लगाइदिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्