Logo

जब राजा वीरेन्द्रले सडकमा अलपत्र महिलालाई गाडीमा लिफ्ट दिए..हेर्नुहोस्

काठमाडौं ।- मुलुकमा राजसंस्था अन्त्य भएको एक दशक नाघिसकेको छ । तर, शाहवंशीय राजाहरुको सकारात्मक कुराहरु सामाजिक सञ्जालमा भने आइरहेका छन् । मुलुकको अन्तिम शाहवंशीय राजा ज्ञानेन्द्र बने । उनका दाजु राजा वीरेन्द्रको २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा वंशनाश भयो ।

उनै राजा वीरेन्द्रसहित उनको पूर्खाको सकारात्मक कुराहरु सामाजिक सञ्जालमा आइरहेको छ । यसैक्रममा शुक्रबार रागव शम्शेर राणाले राजा वीरेन्द्रको तस्विरसहित एक महिलालाई लिफ्ट दिएको सामाजिक सञ्जालमा लेखेका छन् । उनकाअनुसार २०५६ सालको दशैंको टीकाको भोलिपल्ट साँझ पर्न लागेको बेला सडकमा बच्चासहित गाडी कुरेर बसेकी महिलालाई राजा वीरेन्द्रले लिफ्ट दिएका थिए ।

रागव राणाले फेसबुकमा लेखेका छन्, ‘दसैं टीकाको भोलिपल्ट २०६५ साल साँझ पर्न लागेको थियो । नुवाकोट ककनी हुँदै काठमाण्डौं छिर्ने सडकमा सार्वजनिक यातायातका गाडी त्यत्ति गुडेका थिएनन् । एकान मध्ये सबै साधन दसैंमा जाने आउने यात्रुले ठेलम ठेल थिए । गन्तव्यमा पुग्न सार्वजनिक साधन कुरेर बसेका यात्रुका लागि ठाउँ पाउन मुश्किल थियो । यस्तैमा यौटा कार ककनी हुँदै ओशोतपोवन रहेको गोलढुङ्गा फर्याङ आइपुग्यो । गाडीमा तीन यात्रु थिए । एक जना चालकसँगैको सिटमा उनकी श्रीमती, पछिलतिरको सिटमा सैनिक बर्दी लगाएका अर्को एक पुरुष कार चालकको आँखा गाडी नपाएर निराश र हताश मुद्रामा अघि बढिरहेको एक दम्पतीतिर पर्यो । ति मध्ये पतिले एक बालक बोकेका थिए भने बाँकी केटाकेटी हिँड्दा हिँड्दै थकित भैसकेकी पत्नीले समाइरहेकी थिइन् । गाडी नपाएर यस्तो सास्ती भोगिरहेकी दम्पतीको अघिल्तिर कार रोकियो । चालकले लोग्ने मान्छेसँग सोधे कहाँ पुग्ने हो ? उनले जवाफ दिए भक्तपुरको सुडाल । चालकले बच्चासहितको दम्पतीलाई कारमा बस्न अनुरोध गरे । अनि बालाजु बाइपाससम्म ल्याएर छाडिदिए । त्यस कारका चालक अरु कोही थिएनन्, स्वर्गीय राजा श्री पाँच बिरेन्द्र थिए । सँगै साथमा थिइन् रानी ऐश्वर्या, कारको पछिलतिरको सैनिक बर्दीवाल राजा वीरेन्द्रका एडीसी महासेना सुन्दर प्रताप राणा थिए।’

प्रतिक्रिया दिनुहोस्