Logo

प्रचण्ड निवास घेराऊ गर्न पुगे माओवादीको दशवर्षे जनयुद्धमा होमिएका पूर्व लडाकु !

काठमाडौं – शुक्रबार विहान छ बजे नै पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सय जनाको समूह पुग्यो । ल’डाकु जस्ता देखिने युवाहरु बालबच्चा र परिवारसहित पुगेपछि प्रचण्डको सु’रक्षादस्ता नै अलमलमा पर्यो । उनीहरु ढोकामा पुगी प्रचण्डलाई भेट्न आएको जानकारी गराए । तर, सुरक्षाकर्मीले भित्र छिर्न दिएन ।प्रचण्डनिवासको मूलढोकामा एक घन्टासम्म युवाहरु घेरेर बसे । उनीहरुलाई देखेर सुरक्षाकर्मीले थप द’स्ता पठाउन महानगरीय प्रहरी परिसर ललितपुर देखि माथिसम्म जानकारी गरायो ।त्यसको आधा घन्टापछि पाँच गाडी प्रहरी प्रचण्डनिवासमा पुगे ।

एसएसपीकै क’माण्डमा प्रहरी पुग्यो । तर, युवाहरुले मूलढोका छाडेनन् । उनीहरुले प्रचण्डलाई नभेटी नछाड्ने अडान लिए ।सु’रक्षाकर्मीले भित्र जानकारी गराएपछि प्रचण्डले उनीहरुमध्येका दुईजनालाईमात्र भित्र पठाउन भने । दुई सय जनाको स’मूह थिए माओवादीको दशवर्षे ज’नयुद्धमा हो’मिएका ल’डाकु । उनीहरुलाई ल’डाकु समायोजनका बेलामा ब’र्हिगमन गरिएको थियो । ब’र्हिगमित ल’डाकु आफ्नो माग राखी प्रचण्डलाई भेट्न कोशिश गरिरहेका थिए । प्रचण्डपुत्री गंगा दाहाललाई समेत भेट मिलाइदिन अनुरोध गरेका थिए ।सुनुवाई नभएपछि उनीहरु सिधै प्रचण्ड निवासको मूलढोकामा ध’र्ना दिन पुगे ।

ब’र्हिगमित ज’नमुक्ति सेना नेपाल केन्द्रीय सं’घर्षसमितिका सचिव भीमबहादुर तामाङका अनुसार पटक पटक ज्ञा’पनपत्र बुझाउन समय मिलाउन भन्दा पनि सुनुवाई नभएपछि सिधै पुगेका हौं ।मूलढोका न’छाड्ने अडानपछि प्रचण्डले भोलि पेरिसडाँडामा बसौं भन्ने खबर पठाए । तर, ब’र्हिगमित ल’डाकुले मानेनन् । उनीहरु मूलढोका नछाड्ने अ’डानमै बसे ।त्यसपछि प्रचण्डले बल्ल भेटको अ’नुमति दिए ।सं’घर्षसमितिका इ’ञ्चार्ज असिम लिम्बु सुनिल र उपाध्यक्ष राजन थापा प्रचण्डलाई भेट्न ढोकाभित्र छिरेका थिए। थापाले सात बुँदे ज्ञा’पनपत्र पढेर सुनाएका थिए । त्यसपछि प्रचण्डले आफू मा’गप्रति ग’म्भीर भएको बताएको भेटमा सहभागी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्