Logo

हेर्नुहोस् रङ्गशालामा धुर्मुस र सुन्तली गरे पूजा: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तिब्र गतिमा, प्याराफिट अन्तर्गत पिलरको जग शुरु गरियो

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका स्थीत रामपुरमा जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अहिले धमाधम भइरहेको छ । सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको संस्था धुर्मुस सुन्तली फ़ाउण्डेसनको अभियानमा बन्दै गरेको उक्त क्रिकेट रङ्गशालाले अहिले बिस्तारै आकार लिदै आइरहेको छ ।

 

निर्माण कार्य अहिले धमाधम भइरहदा रङ्गशाला निर्माणको लागी देश तथा विदेशबाट सहयोग पनि आइरहेको छ । रङ्गशाला निर्माण गर्न रातदिन नभनी हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुस लागिपरेका छन्।

 

यसैक्रममा जनस्तरबाट निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माण कार्य अन्तर्गत १६ लाख लिटर पानी अट्ने क्षमता भएको ४७१ मिटर परिधी भएको २ मिटर अग्लो सेयर वाल ड्रेनेज को काम आज बाट अन्त्य भएको छ भने आज बाट g} प्याराफिट अन्तर्गत पिलरको जग अन्तर्गत Solling , P.C.C को बिधिगत रुपमा कार्य थालनी भएको छ । स्रोत ब्यबस्थापन भएको खण्डमा आजको मितिले २ बर्ष नबित्दै सम्पन्न गर्ने हाम्रो लक्ष्य हो ।

 

प्रतिक्रिया दिनुहोस्