Logo

प्रचण्डलाई थर्काउदै तामांगहरुले हल्ला टुडिखेल तामाङ, हाम्रो रगतसंग होलि खेल्ने ……(भिडियो सहित)

तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन् । तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार नयाँ वर्ष मनाएका हुन् ।

मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ । तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले प्रत्येक जनावरले एकएक पटक शासन गर्छन् भन्ने विश्वाससहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको जानकारी दिए । भिडियो सहित :

 

प्रतिक्रिया दिनुहोस्