Logo

रौतहटको चन्द्रनिगाहपुरको सडकमा शंकास्पद वस्तु फेला ! यस्तो छ अवस्था

बिहानैदेखि रौतहटको चन्द्रनिगाहपुर गौर सडकको नेपाल बैंक अगाडि एउटा ब्याग र बोरा देखिएपछि प्रहरीले बम रहेको आशंका गरेको छ । शंकास्पद रहेको स्थानलाई घेरा हालेर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । डिष्पोजल टोली गौरबाट आउन केही समय लाग्ने भएका कारण सो शंकास्पद बस्तु भएको स्थानमा सर्बसाधारणलाई जान दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्