Logo

गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी …..(भिडियो सहित)

प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ। प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित आज राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेर आवश्यक धरौटी लिएर छाड्ने तयारी गरेको हो ।

राउतलाई लागेको अभियोगमाथि आजै थुनछेक बहस हुने र गायिका राउतलाई धरौटीमा छोड्ने तयारी भएको जनाइएको छ । अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालयले नै धरौटी लिएर छाड्ने गरेको नजिर छ । प्रहरी हिरासतमा रहेकी गायिका राउत सोमबार बेलुका बिरामी भएपछि त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालमा उपचारारत छिन् ।

प्रतिक्रिया दिनुहोस्