Logo

व्रतहरुमा सबैभन्दा शक्तिशाली मंगल चौथी व्रत ! जानी राखौ

यही माघ १४ गते मंगलबार (आज) तीनओटा शुभयोगमा गणेश चतुर्थी पर्व परेको छ । धार्मिक हिसाबले यस्ता योगहरुलाई विशेष महत्त्वका साथ हेरिने गरेको छ । मंगलबार र चौथी तिथि एकैदिन परेमा मात्रै यस्तो विशेष हुने गरेको छ । यसै समयमा माघशुक्ल पक्षको नवरात्र परेकाले अरु समयमा पर्नेभन्दा पनि शक्तिशाली हुने मानिन्छ ।

यस्ता प्रकारका योग बन्नुका लागि एकदमै धेरै समय लाग्ने गरेको छ । गणेश चतुर्थीको व्रत विशेष गरि सन्तन, सुखी वैवाहिक सम्बन्धका लागि पनि विशेष रुपमा व्रत तथा पूजा गरिएमा कुनै पनि प्रकारका मांगलिक दोष नलाग्ने शास्त्रमा उल्लेख गरिएको छ ।

लामो समयसम्म विवाह नभएकाहरुले पनि यो व्रत बसेमा छिट्टै मनोकामना पूर्ण हुने उल्लेख गरिएको छ । भगवान् शंकर तथा माता पार्वतीका पुत्र श्रीगणेशलाई विभिन्न नामले पनि पूजा गर्ने परम्परा रहिआएको छ ।सबै देवताहरुमध्ये सर्वप्रथमा गणेशको पूजा गरेपछि मात्रै अरु देवताहरुको पूजा गर्ने परम्परा रहिआएको छ ।

शास्त्रकाअनुसार भगवान् गणेशका ऋद्धि र सिद्धि नाम गरेका दुईवटा पत्नी भएको कुरा शास्त्रमा वर्णन गरिएको छ, जसलाई शुभ लाभ भनेर पनि भन्ने गरिन्छ ।

कुनै पनि विद्यार्थीलाई पढाइमा बाधा अ’वरोध भइरहेको छ भने गणेश सं’कट मोचन मानम स्त्रोत्र कुनै आठ जना पढ्ने मानिसहरुलाई आफ्नै हातले लेखेर दान गरेमा अ’वरोध भएको कुनै प्रकारका विद्या सुचारु हुन्छ भनेर गणेश पुराणमा उल्लेख गरिएको छ ।

जन्म समयमा कुनैपनि प्रकारका मांगलिक दोष भएको भए विधिपूर्वक गणेश चतुर्थीको व्रत बसेमा या पूजा गरेमा कुनै प्रकारका समस्या नरहने समेत ज्योतिषीहरुले जानकारी गराएका छन् । मांगलिक पूजाको नाममा कुनै प्रकारको थप पुजा गरिरहनु नपर्ने समेत जानकारी गराएका छन । गणेशको पूजा गर्दा दुबो, सिन्दुर र स्वामीको पातले पूजा गर्दा छुट्टाछुट्टै सफल हुने समेत विज्ञहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्